पातलो प्लास्टिकको झोला बिक्री बितरणको अनुगनम तीब्र बनाउने : काठमाण्डौ महानगरपालिका

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आज देखि पातलो प्लास्टिकको झोला बिक्री बितरण गरे नगरेको अनुगम थाल्ने भएको छ ।

आज (आइतबार) देखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

काठमाण्डौ महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५० जना नगर प्रहरीलाई माइक्रोन नाप्ने मेसिनसहित अनुगमनमा खटाइने जनाएको छ ।

महानगरपालिकाले यही श्रावण १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा, र मालामा प्रतिबन्ध लगाइसकेको छ ।

यसअघि २०७२ साल बैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोन भन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भुकम्पका कारण कार्यन्वयन हुन नसकेपछी सो नियम पुन ब्युँताएर फेरि कार्यन्वयनमा ल्याउन लागिएको हो । नेपालमा झण्डै २ सय वटा प्लास्टिक उद्योग रहेका छन् ।