एमाले मंसिर १४ देखि मध्यपहाडी विशेष अभियान गर्ने

काठमाण्डौ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान मंसिर १४ देखि गर्ने भएको छ ।

आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट थालनी गर्ने निर्णय गरेको हो ।

 

सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा अघि सारेका जनाएको छ । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ ।