गाँजा खेतीको सम्भाव्यता अध्ययनको लागि कार्यदल गठन

काठमाण्डौ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा भनिएको ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने’ उल्लेख छ ।

गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमगाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा र गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ साथै गाँजाबाट औद्योगिकरणको सम्भाव्यता कार्यदलले अनुसन्धान गर्नेछ ।

मन्त्री डा. महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्रीडा. महतले निर्देशन दिएका छन् ।