भूकम्प प्रभावित क्षेत्रमा तत्कालको आवश्यकता पूरा गर्न एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा तत्कालको आवश्यकता पूरा गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको बताउनु भएको हो ।
अध्यक्ष ओली भूकम्प प्रभावित क्षेत्रमा अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताउनु भएको छ ।

विपदमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ओलीले उद्दार र उपचारमा खटिएका सबैप्रति आभार व्यक्त गर्नु भएको छ ।