माओवादीले घोषणा गरेको जनप्रदर्शन तत्कालका लागि स्थगित
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाण्डौको जनप्रदर्शन स्थगित गरेको छ । भूकम्पका कारण काठमाण्डौमा हुने भनिएको जन प्रदर्शन स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।
सरकारको नेतृत्व गरेर सडक आन्दोलन घोषणा गरेकोमा आलोचना भइरहेका बेला माओवादीले भूकम्पलगायत कारण तत्कालका लागि सो कार्यक्रम स्थगित गरेको हो । काठमाडौंबाहेक अन्य स्थानमा भने प्रदर्शन यथावत रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताउनुभएको हो । सापकोटाले वडा र स्थानीय तहका कार्यक्रम भने यथावत रहने बताउनुभयो ।