ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज (आइतबार) गते बसेको बैंकको ४ सय २९औं सञ्चालक समिति बैठकले लाभांश वितरणको निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णयअनुसार बैंककले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । उक्त घोषित लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुने बैंकले जनाएको छ ।