भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई केही दिन बिदामा नबस्न सरकारको निर्देशन
काठमाण्डौ । सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई केही दिन बिदामा नबस्न निर्देशन दिएको छ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।
बिदामा भएका कर्मचारीलाई पनि यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भइ कामकाजमा खट्न मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन पालिकाका कर्मचारी तथा पदाधिकारीलाई अनुरोध समेत गरेको छ ।