शीर्ष नेताहरुले देशलाई डुबाइरहेको सीके राउतको भनाइ

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताउनुभएको छ ।

आज (बिहीबार) को प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गर्नुभयो । प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको भन्दै उहाँले देशमा जनताका लागि लोकतन्त्र नभएको बताउनुभयो ।

अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उहाँले बताउनुभयो । चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उहाँको भनाइ छ । अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताउनुभयो ।