भारतीय फूलको आयातमा प्रतिबन्ध लाउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले यस वर्षको तिहारलक्षित गरेर भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ ।

नेपालमा माग हुने ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो । पुष्प विकास केन्द्रको सिफारिसमा तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने जनाएकाले आयातमा प्रतिबन्ध लगाइएको हो ।

विगतमा नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता रहेकोमा यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्रले जनाएको छ ।

यस वर्ष तिहारमा झण्डै ४५ लाख सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत हुने फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।