एमाले मिसन २०८४ मा केन्द्रित : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमाले मिसन २०८४ मा केन्द्रित रहेको अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
आज (शनिबार) नेपालगञ्जमा आयोजित एमाले लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मिसन २०८४ लाई सफल बनाउँदै पार्टीको बहुमत आउने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।
साथै उहाँले एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको पनि बताउनु भएको छ । अध्यक्ष ओलीले देश बनाउने भिजन एमालेसँग मात्रै रहेकाले मुलुकमा अर्को कुनै विकल्प नरहेको बताउनु भएको हो ।
अध्यक्ष ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई सँगै लिएर अघि बढ्ने बताउनुभयो ।