यूएईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री दाहाल सहभागी हुने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)को भ्रमणमा जानुहुनेभएको छ ।

आगामी मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरुको २८औँ सम्मेलनमा सहभागी हुन उहाँ यूएई जान लाग्नुभएको हो ।

सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव कम गर्ने विषयमा छलफल हुने र यसका असरका बारेमा छलफल गर्न विश्वभरका विज्ञहरु र सरोकारवालाहरु सहभागी हुने बताइएको छ ।

कोप–२८ ले पेरिस सम्झौतामा उल्लिखित विश्वव्यापी प्रयासहरुलाई ठोस रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।