गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घका महासचिव गुटेरेसको टिप्पणी
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको छ । उहाँले विना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हमास लडाकु समूहले अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेको थियो । लगत्तै इजरायलले गाजा क्षेत्रमा आफ्नो जल, थल र वायु सेनाबाट निरन्तर आक्रमण गरिरहेको छ ।
इजरायलको जवाफी आक्रमणका कारण हजारौं प्यालेस्टाइन नागरिकको ज्यान जानुका साथै लाखौँ घरबारविहीन भएका छन् । तर इजरायली अधिकारीले महासचिव गुटेरेसको सम्बोधनप्रति आपत्ति जनाएका बीबीसीले जनाएको छ । गाजामा पछिल्लो पटक संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका ६ जना कामदार मारिएका पनि राष्ट्रसङ्घले जनाएको छ ।
योसँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका एजेन्सीका कामदारको सङ्ख्या ३५ जना पुगेको छ । गाजापट्टीमा इजरायलले गरेको आक्रमणमा परेर पाँच हजारभन्दा धेरै मानिस मारिएका छन् । एजेन्सी