जनकपुरको राजदेवी मन्दिरमा दशैँको महाष्टमी राती हजारौं बोकाको बली
जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैँको महाष्टमी राती हजारौं बोकाको बली चढाइएको छ ।
हिजो (आइतबार) राती निशानपूजा सम्पन्न भएलगत्तै ८ः२० बजेबाट बली दिन सुरू गरिएकोमा आज बिहान ४ः०५ बजे बलि सम्पन्न भयो । आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बली चढाइएको छ ।
बली चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो । प्रत्येक मिनेट ३० देखि ३५ वटा बोकाको बली दिइएको हो ।
छिमेकी जिल्लाहरु सिरहा, महोत्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बली दिन श्रद्धालुहरू आउने गर्छन् । भाकल (मनोकामना) पूरा हुने जनविश्वासका साथ यहाँ बली दिने प्रचलन छ ।