सरकारले जलवायु परिवर्तनबाट हुने क्षति रोक्न मुस्ताङलाई ५० करोड उपलब्ध गराउने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।

आज (बुधबार) मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । अन्तर्राष्ट्रिय संस्थाबाट आउने ५० करोड रुपैयाँको सहयोग मुस्ताङलाई दिनुभनेको सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको बताउनुभयो ।