मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

काठमाण्डौ । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने हुनु भएको छ ।

सत्तारुढ गठबन्धनवाट बिद्रोही गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नु भएको कार्कीले आज बिश्वासको मत लिन लाग्नु भएको हो । उहाँ संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । कार्कीले आज संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो । जसका लागि आज अपरान्ह प्रदेश सभामा बैठक आब्हान गरिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लाग्नु भएको हो ।
उहाँलाई एमाले,नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएका छन् ।