द्वन्द्वग्रस्त इजरायलबाट थप १९ नेपालीको उद्धार
काठमाण्डौ । हमास आक्रमणका कारण द्वन्द्वग्रस्त इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयो ।
मन्त्रालयले स्थानीय समयानुसार तेल इजरायलको तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ । मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिनुभयो ।
नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पु¥याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ । यसअघि पहिलो चरणमा इजरायलबाट सरकारले २५४ नेपालीलाई स्वदेश ल्याइसकेको छ ।