२५ लाखभन्दा बढी ऋण लिन अबदेखि प्यान अनिवार्य
काठमाण्डौ । २५ लाख रुपैयाँभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (प्यान) चाहिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशन अनुसार कुनै पनि व्यक्तिले २५ लाखभन्दा बढी ऋण लिनका लागि प्यान अनिवार्य चाहिने भएको हो ।
२५ लाखभन्दा बढी सामूहिक ऋण लिँदा पनि प्यान नम्बर अनिवार्यरुपमा चाहिनेछ । तर, २५ लाखभन्दा बढी ऋण लिएको समूहमा आवद्ध व्यक्तिले २५ लाखभन्दा कम ऋण लिन परेमा पनि प्यान नम्बर अनिवार्य गरिएको छ ।