माओवादीले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादी केन्द्र कोशी प्रदेशको कार्यालय बैठकमा यस बिषयमा छलफल भएको र उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको बताईएको छ ।

मुख्यमन्त्री केदार काकी नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभएको होे ।