एसीसी १९ वर्षमूनिको प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले हरायो

काठमाण्डौ । जारी एसीसी १९ वर्षमूनिको प्रिमियर कप क्रिकेटमा नेपाललाई लगातार दोस्रो जित काठमाण्डौ । नेपालले जारी एसीसी १९ वर्षमूनिको प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

आज (आइतबार) भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो । बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । अविजित रहँदै देव खनाल र अर्जुन कुमालले समान ३२ रन बनाएका थिए ।

समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले अब साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । त्यसपछि समूहको विजेता सेमिफाइनल पुग्नेछ ।