दशौँ महाविधेशनयता एमालेमा १ लाख ६१ हजार नयाँ सदस्यहरु थपिए
काठमाण्डौ । नेकपा (एमाले)मा संगठित सदस्य ५ लाख ५० हजार पुगेका छन् । दशौँ राष्ट्रिय महाविधेशनयता १ लाख ६१ हजार नयाँ संगठित सदस्य थपिएका हुन् ।
यो सँगै नयाँ र नवीकरणसहित हाल एमालेमा सदस्य ५ लाख ५० हजार भएको पार्टीका संगठित सदस्य रहेको केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिनु भयो । उहाँका अनुसार अब प्रवास कमिटीमा रहेका संगठित सदस्यको संख्या विवरण आउन बाँकी छ ।
एमालेको दशौँ राष्ट्रिय महाविधेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए । नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए ।
सचिव ढुंगेलले दशौँ महाधिवेशनका समयमा पार्टी संक्रमणकाल (एमाले र माओवादी केन्द्रसँगको एकता) मा रहेको र अभिलेखमा पार्टी सदस्यता दोहोरिएकाले त्यसबेला पार्टी सदस्यको संख्या बढी भएको बताउनु भएको हो । एमालेको दशौँ महाधिवेशन २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनको सौराहा भएको थियो ।