जनमत पार्टी परित्याग गरी मधेश प्रदेशका पूृर्वसांसद किशोरी साह एमालेमै फर्किए , अध्यक्ष ओलीले गरे स्वागत

काठमाण्डौ । मधेश प्रदेशका पूर्व सांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमा फर्किनुभएको छ ।

आज (बुधबार) नेकपा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो । अध्यक्ष ओलीले उहाँलाई टीका लगाएर गम्छा ओढाउनुभएको थियो ।

साह २०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १(१) मा नेकपा एमालेबाट विजयी भएका थिए । तर टिकट नपाएकै कारण उहाँले २०७९ को निर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी प्रतिनिधिसभामा चुनाव लड्नुभएको थियो ।

गत चुनावमा पराजित हुनुभएका साह पुनः आफ्ना समर्थकसहित एमालेमा प्रवेश गर्नुभएको हो ।