कोसीका मुख्यमन्त्री कार्कीद्वारा पदबाट राजीनामा

काठमाण्डौ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनु भएको छ । आज (शनिबार) प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नु भएको हो ।

विश्वासको मतका निम्ति प्रस्ताव प्रस्तुत नगरी मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गर्नु भएको हो । आज उहाँले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उहाँले राजीनामा दिनु भएको हो ।

राजीनामा दिनेबारे शनिबारै दिउँसो उहाँले नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलको बैठकमा जानकारी गराउनु भएको थियो ।
सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।