बझाङमा फेरि ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प

काठमाण्डौ। बझाङमा फेरि भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यस्तै, १२ बजेर ३२ मिनेटमा पनि चार दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।बझाङ केन्द्रबिन्दु भएर गएको मङ्गलवारपछि ४ रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।

कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् । भूकम्पमा परि १ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।