‘रिगल’ विरुद्ध सर्वाेच्चमा दायर रिट निवेदनमाथिको सुनुवाइ सकियो, निर्णय आउन बाँकी

काठमाण्डौ । राष्ट्रपतिबाट कैद सजाय मिनाहा पाएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

उक्त रिट निवेदनको सुनुवाई न्यायाधीश मनोजकुमार शर्माको इजलासमा भएको हो । मुद्धाको सुनुवाई सकिएसँगै अब निर्णय आउन बाँकी रहेको छ ।

अवैध असुलीमा संलग्न रिगलले आफ्नो असुलीमा बाधा खडा गरेको भन्दै २०७२ असार २८ मा चेतन मानन्धरलाई नियन्त्रणमा लिएर प्रहार गरी हत्या गरेका थिए । मानन्धरको हत्यामा संलग्न मुख्य दोषी भन्दै अदालतले रिगललाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो । तर मन्त्रिपरिषदको सिफारिसमा संविधान दिवसको दिन असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गर्नुभएको थियो ।

त्यसबिरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । आफ्ना पतिको हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारतीले माग गर्नुभएको छ ।