पुल्चोक क्याम्प : परीक्षा बोर्डका पदाधिकारीको सामुहिक राजीनामा

काठमाण्डौ । विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन् ।

इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि उहाँहरुले सामुहिक रुपमा राजीनामा दिनु भएको हो ।

राजीनामा दिनेहरुमा अध्यक्ष प्रा. डा. शुसील बहादुर बज्राचार्य , सदस्यहरु सह– प्रा. डा .ईन्द्रप्रसाद आचार्य , सह– प्रा. डा. संजिब प्रसाद पाण्डे ,उप– प्रा. किरणचन्द्र दाहाल , सदस्य सचिब बिदुर ढकाल, सल्लाहकार सहायक डीन सह– प्रा. डा. सुरज लामिछानेर प्रा– डा. हिक्मत राज जोशीले डिनलाई सम्बोधन गर्दे राजीनामा बुझाउनु भएको छ ।

उहाँहरुले पछिल्लो सुचनाका आधारमा परिक्षा संञ्चालन गर्न नसकिने भन्दै राजीनामा दिएको उल्लेख गर्नुभएको छ । इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर आईओई र विद्यार्थी संगठनहरुबीच विवाद छ ।