११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ
काठमाण्डौ । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिकसमेत रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो । हालसम्म यस प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् ।
प्रहरीले दोलखाको बिगु गाउँपालिकामा तीन पटकमा गरी तस्करी गरी ल्याइएको ११ किलो सुन बरामद गरेको हो । थप सुन अझै भेटिने आशंका गरिएको छ ।