कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाण्डौ । कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्माी ओलीले निर्देशन दिनु भएको छ ।

समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको भन्दै उहाँले अहिलेको आवश्वयकता एकता भएको बताउनु भएको हो ।

आज (शुक्रबार) विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिनुभएको हो ।

उहाँले नेतृत्वको मूल्याकंन के छ त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाव दिनुभयो । समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीको सुझाव छ ।

साथै उहाँले एमाले मिसन २०८४ अभियानलाई अर्थपूर्ण वर्षका रूपमा मनाउने कार्यमा जुटेको बताउँदै अरूले फैलाएको भ्रमका पछि नपर्न र के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट हुन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।