सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न गरेको छैन : माधवकुमार नेपाल
काठमाण्डौ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताउनुभएको छ ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्धरूपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो ।
मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा संसद्मा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभएको छ ।