विकासका सवालमा सबै माननीयहरु एकबद्ध रहेको कावा प्रधानमन्त्री खड्काको भनाइ
काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खड्काले विकासका सवालमा सबै माननीयहरु एकबद्ध रहेको बताउनुभएको हो ।
निर्वाचनका बेलामा जुन तरिकाले विकास अगाडि बढाउने सोच थियो तर बजेट अभावमा चाहेअनुसारको विकास गर्न नसकिएको उहाँले बताउनुभयो । यद्यपि उपलब्ध बजेटबाट विकासका कामहरु अगाडि बढाएको उहाँको भनाई छ ।
मन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको बताउनुभयो । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उहाँले बताउनुभयो ।
यसैगरी खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।