६० किलो सुन प्रकरण : आजबाट अदादतमा थुनछेक बहस हुने

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदादतमा आजबाट सुन तस्करी प्रकरणको थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुन लागेको हो ।

हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको आज बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले बताउनु भएको हो ।

गत साउन ४ गते समातिएको ६० केजी बढीको सो सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।