पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन
काठमाण्डौ । पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । बुद्धदेव भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उहाँ केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । बुद्धदेव भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बन्नु भएको थियो ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनले दुःखी भएको उल्लेख गर्नु भएको छ । ममता बनर्जीले भन्नु भएको छ म उहाँलाई धेरै दशकदेखि चिन्छु र पछिल्ला केही वर्षहरूमा उहाँ बिरामी हुँदा म उहाँको घरमा धेरै पटक गएकी थिएँ । उहाँको निधनले म दुखी छु ।
उहाँ पश्चिम बंगालमा ३४ बर्ष कम्युनिष्टको सरकार रहदाका आखिरी मुख्यमन्त्री हुनुहुन्छ।

