नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाण्डौ । फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । सुत्केरी महिलालाई काठमाडौं ल्याउन गोर्खा गएको  हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको फिस्टेल एयरका अपरेेशन्स विभागका रमेश शिवाकोटीले जानकारी दिए ।  हेलिकप्टरमा चालक र एक बालकसहित ५ जना सवार थिए ।

हेलिकप्टर पाइलट रञ्जन लिम्बुले चलाएका  थिए । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले बताए  । पोखरेलका अनुसार शवहरु घटनास्थलमा शव टुक्रिएर छरिएका छन् ।

हेलिकप्टर दुर्घटना भएको स्थानमा घना जंगल छ र उक्त स्थानबाट धुवाँ आइरहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।