पहिरो पन्छाउँदा ढुङ्गा लागेर लोडर चालक घाइते
काठमाण्डौ । पहिरो पन्छाउने क्रममा माथिबाट आएको पहिरोले लाग्दा लोडर चालक घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लीलाधर अधिकारी घाइते हुनुभएको हो ।
पृथ्वी राजमार्ग नाग्दी खोलमा बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः३० बजेको समयमा माथिबाट आएको ढुङ्गाले लागेर अधिकारी घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

