नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । इरानलाई पराजित गर्दै आयोजक  नेपाल काभा महिला नेसन्स लिगको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले इरानलाई ३-० कव सोझो सेटमा पराजित गरेको हो।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।