भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिइँदैन : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य गर्ने कुरामा सरकारको प्रतिवद्ध रहेको बताउनु भएको छ ।
राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताउनु भएको हो ।
आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
उनले कानूनको नजरमा सबैको बराबरी हुने बताउनु भएको हो ।

