पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने

पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् । हिजो(सोमबार) राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोली फाइनलमा पुगेका हुन् ।

स्पेनले पहिलो सेमिफाइनलमा मोरक्कोमाथि २–१ को जित निकाल्यो । खेलको ३७औं मिनेटमा साउफिएन राहिमीले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर पर्मिन लोपेजले उत्कृष्ट प्रदर्शनमा स्पेनले दोस्रो हाफमा दुई गोल फर्कायो । फर्मिनले ६६औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । त्यसपछि पर्मिनकै पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुवानलु सान्चेजले ८५औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा स्पेन २–१ ले विजयी भयो ।

अर्को सेमिफाइनलमा आयोजक फ्रान्सले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई अतिरिक्त समयमा ३–१ हरायो । निर्धारित समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलमा इजिप्टले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । ६२औं मिनेटमा महमउद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । तर ८३औं मिनेटमा जिन फिलिप माटेटाले माइकल ओलिसको पासमाले फ्रान्सका लागि बराबरी गोल गरे । निर्धारित ९० मिनेट बराबरी भएपछि खेलमा ३० मिनेटमा अतिरिक्त समयमा थप गरियो ।

पुरुष फुटबलको स्वर्णका लागि अगष्ट ९ मा फाइनल खेल हुनेछ ।