आज भारी वर्षाको सम्भावना

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाखाशाका अनुसार दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर साधरणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।

वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।