नागरिक पर्यटनमन्त्री पाण्डेको एक महिने कार्यतालिका सार्वजनिक, हरेक बुधवार विभागीय छलफल

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गर्नु भएको छ । हिजो (सोमबार) आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत उहाँले एक महिने कार्यतालिका सार्वजनिक गरेको सचिवालयले जनाएको छ ।

पर्यटनमन्त्री पाण्डेले मन्त्रालयले निर्धारण गरेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताउनु भयो उहाँले आगामी भदौको पहिलो बुधबार अर्थात् ५ गते संस्कृति महाशाखा, भदौ १२ गते पर्यटन महाशाखा, भदौ १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधवार संयुक्त रूपमा छलफल गर्ने गरी तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिनु भयो । मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सम्बन्धमार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गर्नु भएको थियोे ।