
नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताउनु भएको छ ।
राष्ट्रिय गौरवको काठमाडौं–तराईरमधेस द्रुतमार्ग स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभएको छ ।
द्रुतमार्ग अघि बढाउने सन्दर्भमा देखिएका बाधा ब्यवधानलाई समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पार्नु भएको छ ।
नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले द्रुत मार्गको सुरुङ निमार्णले त्यसलाई खण्डन गरेको बताउनु भएको हो ।
उशाँले देश विकास होस, नागरिकको जीवनस्तर माथि उठोस्, सुखी नेपाली र समृद्ध नेपालका राष्ट्रिय आकाङ्क्षा पुरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
अप्टिकल फाइबर, फोर जी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पुर्याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधारले यस्ता कार्यक्रमलाई सहयोग पुर्याउने बताउनु भउको हो ।
उहाँले सुरु गरेका काम समयमै सम्पन्न गर्न पूर्वाधार विकाससँग जोडिएका मन्त्रालयका पदाधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको थियो ।
द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना १३ प्योकजमा विभाजन गरी निर्माण भइरहेको छ। आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन्।