
बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, सेनाकाे हेलिकप्टरमार्फत भारतमा शरण
एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् ।
गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बीबीसीका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।
हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।