नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण
काठमाण्डौ । नेपाली कांग्रेसले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
हिजो(आइतबार) बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कांग्रेस नेताहरुले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन भनेको दशकौं भइसक्दा पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
कांंग्रेस सांसदहरुले नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा संवेदनशील नभएको र कार्यकारी प्रमुखको भूमिका पनि सन्तोषजनक र जिम्मेवार नभएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, सांसदहरू उदय शमशेर राणा, राजन केसी, सञ्जय गौतम र राजेन्द्र बजगाई सहभागी थिए । एमालेबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, विष्णु रिमाल, प्रमुख सचेतक महेश बर्तौला लगायत थिए ।

