आज सुदूरपश्चिममा नयाँ सरकार गठन हुँदै, मुख्यमन्त्री कांग्रेसले पाउने
काठमाण्डौ । आज सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन हुँदै छ । आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख नजिर मियाँले समय दिनु भएको छ ।
शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार बन्न लागेको हो । दुई दलबीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको छ । सोही सहमति अनुसार काँग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने कांग्रेस भित्र सहमति भएको बताइएको छ ।

