राष्ट्रिय स्वतन्त्र पार्टीकोे महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा हुने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला हिजो (शनिबार) सम्पन्न भएको थियो ।

कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्यमान्यतालगायत छ विधामा छलफल भएको उँहाको भनाइ छ ।

देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुआत गर्ने, चरणबद्ध रुपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने रास्वपाले जनाएको छ ।