काभा वुमन्स भलिबल खेलमा नेपालको ऐतिहासिक जीत

काठमाण्डौ । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो (शनिबार) भएको खेलमा नेपालले भारतलाई ३–२ सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२–२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५–१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८–२५ ले गुमाउन पुग्यो । त्यस्तै, पाँचौं सेटमा १५–१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।