यू–१९ साफ च्याम्पियनशिप : पहिलो हाफमा नेपाल २ गोलले अगाडि

काठमाण्डौ । १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलमा नेपाल र माल्दिभ्सबीचकोे पहिलो हाफको खेल सकिएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले २ गोलको अग्रता कायम गरेको छ । नेपालका लागि प्रशान्त लक्समले १८ औँ र समिर तामाङले ३० औँ मिनेटमा गोल गरे ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ । पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै २ खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।