भारतीय बैंकिङमा ठूलो साइबर आक्रमण
भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् ।
यी बैंकहरूका लागि बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउने सीएज टेक्नोलोजि आक्रमणको शिकार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सीएज टेक्नोलोजिले देशभरका साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउने गरेको छ ।
एनपीसीआईका अधिकारीका अनुसार सी–एज टेक्नोलोजीको सेवा प्रयोग गर्ने यी बैंकका ग्राहकले पनि केही समयदेखि भुक्तानी प्रणाली प्रयोग गर्न समस्या भोग्नुपरेको थियो । भुक्तानी प्रणालीमा व्यापक असर पर्न नदिन साना बैंकलाई भुक्तानी सञ्जालबाट बाहिर राख्ने निर्णय गरिएको खबरमा उल्लेख छ ।

