कोसीको मन्त्रिपरिषद् आजै विस्तार गर्ने मुख्यमन्त्रीको तयारी

काठमाण्डौ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार अपरान्ह्र नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम आयोजना गरिएको छ ।

मन्त्रिपरिषद्मा मोरङका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउने तयारी छ ।

अधिकारी भीम आचार्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए । बुद्धिकुमार राजभण्डारी यसअघि कार्कीकै नेतृत्व सरकारमा  सामाजिक विकासमन्त्री थिए । यसैगरी एमाले कोसी प्रदेश सचेतकमा सांसद कमला दर्नाल चयन हुनुभएको छ ।