पहिरोको उच्च जोखिममा रहेका जाजरकोटका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

पहिरोको उच्च जोखिम भएपछि जाजरकोट जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घर परिवारका ६५ जनालाई लाई सुरक्षित स्थानमा सारिएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरालो भागबाट पहिरो खस्ने जोखिम बढेकाले परिवारलाई सारिएको जानकारी दिनुभयो । उनीहरूलाई नजिकैको मग्रा भन्ने खाली ठाउँमा अस्थायी रूपमा त्रिपाल हालेर राखिएको छ ।

स्थानीय तह र प्रहरीको समन्वयमा घरपरिवारलाई सारिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो । विस्थापीत हुनेहरूमा जुनिचाँदे गाउँपालिका ३ स्याला बस्ने सितला टमटा, सरा टमटा , सुनिता चंदरा , झुपा तिरुवा,पुतला टमटा, सर्मिला टमटा , पुतला नेपाली लगायत रहेका छन ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले तत्काल जोखिम रहेको जानकारीका आधारमा ती घर परिवारहरूलाई सुरक्षित स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको बताउनुभयो ।