नवनियुक्त प्रदेश प्रमुखले आज शपथ लिदै

काठमाण्डौ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले हिजो राष्ट्रपति निवास शीलत निवासमा आज (विहीवार) साँझ पाँच बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुुधवार) संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त हुनुभएको हो