सुनचाँदी मुल्य बढ्यो
काठमाण्डौ । सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार आठ सयले बढेर तोलाको एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

